WELCOME
2071 बिजया दशमी तथा दिपावली
welcome
दशै तिहारको शुभकामना
HAPPY NEW YEAR 2070
2013 new years
अंग्रेजी २०१३
CLOD
Wednesday, September 24, 2014
Subscribe to:
Post Comments (Atom)
अंग्रेजी २०१३
CAT
सलाद
साईरी
पिजंडामा बन्दक बनाईएको सुगा सरि ज्यूउनु परेको छ यहाँ।
स्वदेशमा जस्तो स्वतन्त्र भएर हिडन पाउनु कहाँ।
छाति भरी पिडा र ब्यथा बोकेर छटपटी रहनु परेको छ यहाँ।
यी पिडा र ब्यथा लाई बिसाउने चौतारी पाउनु कहाँ।
होसो खुशी रोदनको आँशु झार्नु परेकोछ यहाँ।
यी आशु पुच्ने नौ जाले रुमाल पाउनु छ कहाँ।
लब लेटर
मनकी रानी प्रिय, "होम" प्रतिक्षा
अनि तिमीलाई हृदय देखी नै न्यानो माया असिम सम्झनाका लहरहरु,
अप्रत्यक्ष स्पर्शका लाखौँ रसास्वादनहरु !
सम्झनाले जती सताए पनी ,विछोडको पिडाले जती तड्पाए पनी भावानारुपी दियोमा, कल्पनारुपी आशाका दीप जलाउँदै तिम्रै सम्झनामा, भरोसा र आशामा बाँचिरहेकोछु। तिम्रो सुकोमल, पुर्णिमा सरीका वदनका आधिकारिकता म प्रती नै कायम गरी सकुशल र सुमङ्गल जिन्दगीलाई अगाडी बढाई रहेकी छौ भन्ने पुर्ण विश्वासका साथ सात समुन्द्र पारी प्रदेशी जीवनलाई आशै आशाको डोरीले कसेर बाँचेको छु।
नविनतम र उल्लेखनिय त केही छैनन, तै पनी तिमी प्रती उब्जिएका मायाका छालहरु मेरो हृदय र मस्तिष्कको सागरमा अटुट रुपमा तरङ्गित भैरहेको छ। यो वेगलाई केही हदसम्म भए पनी शान्त पार्न सेतो कागजमा शब्दहरुले रङ्ग्याएर तिम्रो अगाडी पस्कने जमर्को गरे।
प्रिय हुन त यो पिडा मेरो मात्र होईन,आफ्नो घर छिमेक समाज गाँउ ठाँउ देश तथा अङ्गालोमा बेरिन तत्पर रहेकी सर्मिला होमलाई कोशौँ टाढा छाडेर यस मरुभुमी तुल्य देशमा विभिन्न किसिमको काम गरेर दिन गुजरा गर्ने हजारौँ नेपाली मध्ये म ‘रुप होम मुर्छाङगी’ पनी एक हुँ।
माया प्रीती साईनोले वर्षौँ पार गरे तापनि वैशाँलु मन न्यानो स्पर्श र अङ्गालोबाट टाढा भएर होला काटेको घाउमा खुर्सानीको लेप लगाए जस्तो भैरहेको छ तै पनि मनलाई वेदना र चोटहरु बाट सम्हालेर दैनिक कार्य अगाडी बढाउन परेको छ।
प्रिय, तिमीसंगको फोन एस.एम.एसको सहायताले मलाई तिम्रो नजिक पुर्याउने कार्य त गरिरहेकै छ तर तिम्रो यादले मलाई अर्धचेत बनाएको छ। कारण मेरा तिमी प्रती समर्पित चोखो, निश्चल, निर्मल र अबोध माया हो । म यो माया यो जुनीमा तिमी बाहेक कहीँ कतै बाट वैकल्पिक परिपुर्ती गर्न सक्दिन। समयको धैर्य राखी परिक्षण गरेर हेर , मेरो रगतको थोपा थोपामा आफुलाई पाउनेछौ। यो बिरानो ठाउँ यो बिरानो ठाउँमा न भाषा मिल्छ न भेष न लवाइ न त न खवाई न बसाँई न त सुताई नै मिल्छ तै पनी म प्यारी लजालु 'तिम्रा ओठहरु' म सर्मिला,लाई प्रत्येक परिस्थितिमा सम्झिरहेको हुन्छु।
यो बिरानो ठाउँमा म के नै पो गर्न सक्छु र, म भन्दा समय कोशौँ गुणा बलवान छ। यस्लाई म न रोक्न सक्छु न त छेक्न नै। औंसीका ताराहरु सुनौलो पुर्णेमाको आगमनको प्रतिक्षामा जसरी चिप्लिरहेका हुन्छन, त्यसरी नै दिनरात व्यतित भैरहेको छ। तर म पनी यो दुरताको कालो बादल फाटेर सुमधुर मिलनको स्वच्च बिहानी भेट भने अझै धेरै दुर भए जस्तो लाग्छ ।आशा छ यो दुरताको पर्खाल पनि ' होम' जस्तै स्वच्छ प्रेम गर्नेहरुको सामु हिउँ झै पग्लिएर बिलिन हुन बाध्य हुनेछ।
आउँदै गरेको विशेष दिन प्रेम दिवस (Valentine Day 14 Feb.) संसारका हरेक प्रेमी जोडीहरु भव्य मनाउने छन त नयाँ पुस्ताहरु प्रेम जोडी बनाउन एकले अर्कोलाई आ-आफ्नो तरिकले प्रस्ताव राख्नेछन। एक अर्कामा चिनो साटासाट अवस्य गर्नेछन, तर प्रेम दिवस जस्तो महत्वपुर्ण दिनमा तिम्रो अपुर्णता छाउनेछ........।।
नयन भरी आँशु नै आँशु छचलकिएको छ। तैपनि विगतका छोटा दिनको सम्झनाले मलाई निकै हर्षित तुल्याउँछ। सायद ‘सर्मिला होम’ लाग्छ ति आँशुलाई हर्षाश्रुको रुपमा लिएर दैनिक कार्यलाई निरन्तर्ता दिई रहेको छु।
दैनिक कथा व्यथा पिडा भोगाई विछोड तड्पाई हाँसो आँशु रमाईलो नरमाईलो क्षणका प्रतिबिम्व आफ्नै डायरीमा उतार्दा उतार्दै पनी तिम्रा लागी मनका बहहरुलाई कलम बाट जती नै व्यक्त गर्न खोजे पनी अपुर्ण नै हुंदो रहेछ। मेरा मनले व्यक्त गर्न र लेख्न नसकेका कुराहरु सर्मिला होम’’को मनले पक्का पनी बुझ्नेछ। बारम्बार कलम चलाए पनी सेतो कागजमा मन बह ईच्छा चाहानाहरुलाई समेट्न गाह्रो हुँदोरहेछ। उहि तिम्रो
उहि होम मगर मुर्छाङगी
poem
गुलाब को फूल सम्झन्थे, जिन्दगी सघर्षको मैदान रहेछ ! खुसियालीको बहार सम्झन्थे ,जिन्दगी आसु को भेल रहेछ !! मायाको फूलबारी सम्झन्थे ,जिन्दगी एक्लो बनाई टाढा हुत्याइदिदो रहेछ !!! ईश्वरको बरदान सम्झन्थे ,कहाली लाग्दो रात बन्न पुग्दो रहेछ !!!! फूल फुल्न खोजेको थियो जिन्दगी कोपिला मै ओइली गए छ के भन्नु के भयो जिन्दगी दुई दिनको घाम छायाँ मात्रै भो जिन्दगी
श्रीमान र श्रीमती को पत्र
चुम्मा पठाएकोछु, श्रीमतीले
आफ्नो श्रीमानलाई जवाफ
पठाईछे …..हजुरले
तलबको बदलामा पठाएको चुम्मा मैले
पाएँ,जसको हिसाब यस प्रकारछ …..
छोरा छोरीको स्कुलको फिसको लागि accountant
लाई ५ चुम्मा दिएँ ,सब्जीवाला लाई
दैनिकी ७ चुम्मा दिनु पर्छ ,दुध वालाले
दैनिकी १० चुम्मा लिएर जान्छ ,घरबेटीले
दैनिकी १०-१२ चुम्मा लिएर जान्छ ,अझै
पनि ३०-४० चुम्मा बचेकोछ..कस कसलाई
दिने हो लेखि पठाउनु होला … तपाईं कि प्यारी…श्रीमती
निर्णय गर्न शुक्रबार कांग्रेस संसदीय समिति बैठक
संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ प्राप्त सिटमा पार्टीका तर्फबाट पठाउनुपर्ने सदस्यहरुको नाम छनोट गरी निर्वाचन आयोगमा पठाउन नेपाली कांग्रेसको संसदीय समिति बैठक शुत्रबार बस्ने भएको छ।
कांग्रेस पार्टी स्रोतले दिएको जानकारीअनुसार शुक्रबार ११ बजे बस्ने १५ सदस्यीय संसदीय समितिको बैठकले पार्टीका तर्फबाट संविधानसभामा निर्वाचित भई जाने सदस्यहरुको नाम छनोट प्रक्रिया सुरु गर्नेेछ।
पार्टीका तर्फबाट यसअघि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूचीमा समावेश भएका ३ सय ३४ उम्मेदवार मध्येबाट क्षेत्र, जाति, लिंग र जनसंख्याको आधारमा ९१ जनाको नाम छनोट गरी सोमबारसम्ममा आयोगमा पठाउनु पर्नेछ। तर पनि केन्द्रीय समितिमा रहेका ८० जना सदस्यमध्येबाट झण्डै आधाभन्दा बढी प्रभावशाली सदस्यहरुका अलावा केन्द्रीय कार्यालयका मुख्य सचिवसम्मको नाम समानुपातिक तर्फको सूचीमा परेर सभासद्को आकांक्षी भएका कारण पनि समितिको बैठकले आम कार्यकर्ताको इच्छा र चाहनाअनुसार नामावली चयन गर्न सहज देखिँदैन।
समितिको बैठकले कतिपय व्यक्तिहरु जस्तैः कोषाध्यक्ष चित्रलेखा यादव, सदस्यहरु गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, दिलबहादुर घर्ती, नरेन्द्रबिक्रम नेम्वाङ, आनन्द ढुंगाना, प्रदीप गिरी, मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, सुजाता कोइराला, मनमोहन भट्टराई, महेन्द्र यादव, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार, मिनाक्षी झा, धनराज गुरुङ, बद्री पाण्डेजस्ता सदस्यहरुको नाम समानुपातिक सूचीमा पठाउने औपचारिक पूरा गर्नेछ।
सभापति कोइरालाले निर्वाचन लडेको बाँके र चितवनबाट निर्वाचनमा सहज जित हासिल गर्न क्रमशः १८ र ९ गरी २७ जनाको नाम बन्दसूचीमा पारेका छन्। सबैभन्दा बढी निर्वाचन क्षेत्र हुनुका साथै मुलुकको राजनीतिलाई नै विशेष प्रभाव पार्नसक्ने राजधानी काठमाडौंबाट ३५ जना, पार्टी उपसभापति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँबाट ७ जना उम्मेदवारको नाम सूचीमा समावेश गरिएको छ।
निर्वाचन घोषणा तत्काल असंवैधानिक भन्न नमिल्ने
विकास भट्टराई, काठमाडौं, जेठ १८ ।
नेपाली कांग्रेस तथा एमालेले संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद्को निर्णय गैरसंवैधानिक भएको बताए तापनि सर्वोच्च अदालतले भने सो निर्णयलाई तत्काल असंवैधानिक भनेर निष्कर्षमा पुग्न नसकिने ठहर गरेको छ।
न्यायाधीश ताहिर अलि अन्सारीको इजलासले मन्त्रिपरिषद्को सो निर्णयलाई प्रथम दृष्टिमा नै असंवैधानिक भन्ने निष्कर्षमा पुग्न नसकिने र सोही आधारमा मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको उल्लेख गरेको हो।
सर्वोच्च अदालतले हालका लागि सो ठहर गरेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई बाटो खुला भएको छ।
यही जेठ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो मंसिर सात गते पुनः संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेबमोजिम त्यसको जानकारी राष्ट्रपतिलाई समेत दिएको थियो। मन्त्रिपरिषद्को सो निर्णय निर्वाचन आयोगलाई पनि दिइएको छ।
मन्त्रिपरिषद्ले गरेको सो निर्णय संविधान विपरीत भएको दाबी गरी अधिवक्ता सन्तोष बस्नेतले सर्वोच्च अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो।
हिजो बुधबार भएको प्रारम्भिक बहसपछि सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १० दिनभित्र संविधानसभाको चुनाव गराउनुपर्ने कारणका बारेमा स्पष्ट गर्न आदेश दिएको छ।
इजलासले सो रिट निवेदनमा उठाइएको विषयवस्तुको गाम्भीर्यता, राष्ट्रिय सरोकार र संवैधानिक महत्वलाई विचार गर्दा त्यसको निर्णय यथाशीघ्र हुनुपर्ने उल्लेख रिट निवेदनको सुनुवाई गर्न विशेष इजलास गठन हुनुपर्ने प्रधानन्यायाधीशको ध्यानाकर्षण पनि गरेको छ।
रिट निवेदनमा अन्तरिम संविधानको धारा ६३ ९७० मा २०६३ सालको मंसिर मसान्तभित्र १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मात्र निर्वाचनमा भाग लिन पाउने संवैधानिक व्यवस्था रहेकाले त्यसलाई समाधान नगरी निर्वाचन हुन नसक्ने दाबी गरिएको छ।
सो मितिपछि लगभग २५ लाख व्यक्ति १८ वर्ष पार गरिसकेका र सो विवादलाई टुंगोमा नपुर्याई चुनाव गराउन नहुने बताइँदै आएको पाइन्छ। रिट निवेदनको तर्फबाट बहस गर्ने अधिवक्ताहरू यदुनाथ खनाल, डा। भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवालीलगायतले पनि सो विषय इजलाससमक्ष उठाएका थिए।
अदालतको आदेशमा उल्लेख छ– ‘रिट निवेदक र निवेदकले सरोकार देखाएका जनसमुदायलाई तत्कालै कुनै असर परिसक्ने अवस्था देखिन नआएकाले विवादित संवैधानिक प्रश्नहरूको निरोपण नहुँदै संविधानसभाको निवार्चनसम्बन्धी मन्त्रिपरिषद्को निर्णय प्रथम दृष्टिमा नै असंवैधानिक भन्ने निष्कर्षमा पुग्नु र सोही आधारमा मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन।’
पिरती बस्यो फेशबुकसँगै
प्रिय फेशबुक,
मिठो सम्झना अनि धेरै माया
प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ ।
प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो ।
....
...
प्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर धरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै कति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने अहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति मनपराउनुहुन्छ भनेर ? वहाँले पनि तिमीलाई पक्कै पनि धेरै माया गर्नुहुन्छ भनेर मलाई पुर्ण विश्वास छ ।
यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ ।
एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि ।
यि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन करौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र विशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले तिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन गर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको त्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर बेलैमा केही कदम उठाउनु है तिमीले !
प्रिय फेशबुक ,अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भनी म विशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि जादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो छ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए अनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी ! म केही दिन पछि आइहाल्नेछु नि ! त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु.................................................................................
उही तिमीलाई धेरै माया गर्ने
दम्पतीलाई छुट्टाछुट्टै कोठा
हलिउड नायिका डेमी मोर र उनका पूर्वपति अस्टन कचरले शारीरिक सम्बन्ध नराख्ने सर्तमा दक्षिण क्यालिफोर्नियाको बिग बिअरमा पुगेका छन्। गत वर्ष दाम्पत्य जीवन टुटाएका उनीहरूले स्थानीय एक गुरुको सहयोगमा त्यहाँको होटलमा कोठा बुक पनि गराइसकेका छन्।
‘अस्टनले बिग बिअरमा दुईवटा एकल कोठा बुक गराएका छन्,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ती गुरुको भनाइ उद्धृत गर्दै भनेका छन्– ‘उनीहरूबीच कुनै पनि किसिमको शारीरिक सम्बन्ध नराख्ने गरी दुई कोठा बुक गरेका हुन्।’ उनीहरूले योग र ध्यान गर्नका लागि उक्त स्थान रोजेको समेत बताइएको छ।
‘यो जोडीले बाहिरी अनावश्यक हल्लाबाट टाढा रहन र दैनिक रूपमा शान्तिको अनुभव गर्नका लागि उक्त ठाउँ रोजेका हुन्,’ ती गुरुले अगाडि भनेका छन्– ‘तर उनीहरूबीच पुनर्मिलन हुने सम्भावना भने देखिएको छैन।’
लन्डन ओलम्पिक खेल्ने नेपाली टोली सार्वजनिक
आगामी जुलाई २७ देखि बेलायतको लन्डनमा हुने ३०औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली टोलीको नाम नेपाल ओलम्पिक कमिटीले सार्वजनिक गरेको छ।
सोमबार आयोजित कार्यक्रममा नेओकले १६ जना खेलाडी, पदाधिकारीहरूको नाम सार्वजनिक गरेको हो। जसअनुसार सहभागी हुने खेलाडीहरूमा एथलेटिक्सका तिलकराम थारु र प्रमिला रिजाल, पौडीका प्रसिद्धजंग शाह र श्रेया धिताल र शुटिङकी स्नेहा राणा छिन्। यस्तै प्रशिक्षकहरूमा एथलेटिक्सकी टिका सेढाईं, पौडीका वाङदेन लामा र शुटिङका धु्रवविक्रम शाह छन्।
यस्तै ओलम्पिकको सेभ द मिसनमा राखेप सदस्य–सचिव युवराज लामा, अफिसियलमा नेओकका उपाध्यक्ष गंगाबहादुर थापा र धीरेन्द्र प्रधान, सदस्यहरू ज्योति राणा र रवि राजकर्णिकार, व्यापारिक अतिथिमा चन्डीप्रसाद श्रेष्ठ, टिम डाक्टरमा रञ्जित बराल र पत्रकारमा सञ्जीव शिल्पकार छन्।
हिजो नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठले सातदोबाटो अफिसमा खेलाडीहरूको बिदाइ गरेको थियो भने दिउ“सो राष्ट्रिय खेलकुद परिषद्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गरेको बिदाइमा राखेप सदस्य–सचिव युवराज लामा प्रमुख अतिथिका रूपमा थिए। खेलाडी संघले सहभागी खेलाडीहरूलाई ट्रयाक शुट र जुत्ता प्रदान गरेको थियो।
खेलाडीहरू एक महिने प्रशिक्षणमा सहभागी हुन चार नेपाली खेलाडीहरू अभ्यासका लागि एक महिनाअगाडि नै लन्डन जाने भएका छन्।
खेलाडीहरू एथलेटिक्सका तिलकराम थारु र प्रमिला रिजाल तथा पौडीका प्रसिद्धजंग शाह र श्रेया धितालले ओलम्पिक खेल्नुअगाडि त्यहा“ एक महिना प्रशिक्षण गर्नेछ। उनीहरूलाई त्यहा“को केन्टमा प्रशिक्षणको व्यवस्था मिलाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। उनीहरूको प्रशिक्षकको रूपमा त्यहा“ पौडी प्रशिक्षक वाङदेन र एथलेटिक्स प्रशिक्षक टीका पनि हुनेछन्।
छानिएकी अर्की शुटिङकी खेलाडी स्नेहा राणाको वैदेशिक प्रशिक्षण तय भइसकेको छैन। उनले हिजो बिदाइ समारोहमा भनिन्– ‘मेरो वाइल्ड कार्ड ढिलो आएकाले बाहिर प्रशिक्षण तय भएको छैन। ओलम्पिक कमिटीले प्रयास गरिरहेको भनेको छ।’
सदस्य–सचिव आक्रोशित
खेलाडी संघको बिदाइ कार्यक्रममा सदस्य–सचिव लामा निकै आक्रोशित भएका थिए। उनले राज्यले ओलम्पिक सहभागिताका बारेमा केही थाहा नहुनु दुखद भएको बताए। भने– ‘यो सिंगो खेल जगत्माथिको अपहेलना हो। यो गम्भीर प्रकृतिको त्रुटी हो। राज्यका तर्फबाट बिदाइ नगरी एउटा संघको अतिथिका रूपमा बिदाइ गर्नुपर्दा म निकै दुःखी छु।’
उनको प्रश्न थियो– ‘देशको प्रतिनिधित्व गर्ने यी खेलाडीहरूलाई राज्यले बिदाइ गर्न पाउने कि नपाउने? यी खेलाडीहरूलाई राष्ट्रपति, प्रधानमन्त्रीले किन बिदाइ गर्न दिनुपथ्र्यो। गत वेइजिङ ओलम्पिकमा नेपाली टोलीलाई राष्ट्रपति रामवरण यादवले बिदाइ गर्नुभएको थियो।’
सदस्य–सचिवले ओलम्पिक कमिटीको यो त्रुटीले देशको खेलकुद कतातिर गइरहेको छ भन्ने इंगित गरेको पनि बताए।
खेलाडीको लक्ष्य
ओलम्पिक जस्तो विश्वको सबैभन्दा ठूलो खेल मेलामा नेपाली खेलाडीहरूले राख्ने ठूलो लक्ष्य भनेकै राष्ट्रिय कीर्तिमान बनाउनु हो। सहभागी नेपाली खेलाडीहरूको यसपालिको लक्ष्य पनि त्यही भएको बताउ“छन्।
प्रतियोगितामा पौडीका प्रसिद्धले ५० मिटर फ्रि स्टाइलमा खेल्नेछन्। २७.०४ सेकेन्डको व्यक्तिगत उच्च स्कोर बनाएका उनले २६.३९ को कीर्तिमान कायम तोड्ने मुडमा छन्। यस्तै धितालले १०० मिटर फ्रि स्टाइलमा आनै नाममा रहेको १ मिनेट १० सेकेन्डको समय छोट्याउन प्रयास गर्नेछिन्। एथलेटिक्सतर्फ दुवै खेलाडीले १०० मिटरमा प्रतिस्पर्धा गर्नेछन्। उक्त दूरीमा प्रमिला रिजालको १२.६ सेकेन्ड र तिलकराम थारुको ११ सेकेन्डको इलोक्ट्रोनिक टाइम रहेको छ। त्यस्तै शुटिङकी स्नेहाले १० मिटर एयर राइफलमा सहभागिता जनाउनेछिन्। उनको ३८९ अंकको व्यक्तिगत रेकर्ड रहेको छ।
यौन सम्पर्क गरेमा शरिर लाई फाईदा
आफ्नो जीउलाई तन्दुरुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्न मर्निङवाक गर्ने प्रचलन आम छ। कतिपयले मर्निङवाकसँगै बिहानीपख कसरत पनि गर्छन्। मर्निङवाक वा कसरत दुवै स्वास्थ्यका लागि फाइदाजनक नै छन्, तर बढी परिश्रमबिना नै स्वास्थ्यलाई फाइदा पुर्याउने अर्को कर्मका बारेमा चाहिँ हामी धेरैलाई जानकारी नहुन सक्छ। विज्ञहरूले बिहानीपख यौनसम्पर्क गर्नु मर्निङवाक वा व्यायामभन्दा पनि हितकर हुने बताएका छन्। बिहानीपखको यौनसम्पर्कले शरीरका मांसपेशीलाई तन्दुरुस्त बनाउनुका साथै रक्तसञ्चार र मुटुलाई समेत स्वस्थ राख्छ। क्यानाडाको क्विन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले बिहानीपखको यौनसम्पर्कका अरू विभिन्न फाइदासमेत भएको पत्ता लगाएको छ ।# बिहानीपखको सेक्सले माइग्रेनजस्तो टाउको दुख्ने समस्यालाई कम गर्छ।# यौनसम्पर्कको एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा कम हुन्छ।# बिहानीपखको यौनसम्पर्कले शरीरमा रक्तसञ्चार सन्तुलित गर्दै उच्च रक्तचापको खतरा कम गर्छ।# कन्डम नलगाई गरिने यौनसम्पर्कले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्छ।# जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानीपखको यौनसम्पर्कले कम गर्छ।# बिहानीपखको यौनसम्पर्कले व्यक्तिमा प्राकृतिक प्रफुल्लता
यु–१९ थ्री अन थ्री बास्केटबल हुने
नोबल क्लब राष्ट्रिय यु–१९ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि शुरू हुने भएको छ। नेपाल बास्केटबल संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगितामा २४ पुरुष र १६ महिला टिमले भाग लिने नेपाल बास्केटबलका प्रथम उपाध्यक्ष एवम् प्राविधिक निर्देशक नरेन्द्र थापाले जानकारी गराउनुभयो। प्रतियोगितामा सम्पन्न गर्न लाग्ने करिब ७ लाख रकम नोबल एकेडेमीले बेहोर्ने एकेडेमीका फाइनान्सल निर्देशक रवीन दाहालले सोमबार पत्रकार सम्मेलनमा बताउनुभएको थियो। प्रतियोगिताको अघिल्लो संस्करणको पुरुषतर्फ नेसनल कलेज र महिलातर्फ नोबल एकेडेमीले जितेको थियो।
मनोनयनमा गौरव गर्छिन् रमिला
कमल केसी
काठमाडौं
भलिबलको नयाँ पुस्ता रमिला तण्डुकारको पावरफुल सर्टको सामना गर्न विपक्षी खेलाडीलाई निकै गाह्रो पर्छ।
जुनियर भलिबल प्रतियोगितादेखि नै आफ्नो प्रतिभालाई निखार्दै आएकी रमिला अहिले उत्कृष्ट फर्ममा छिन्। भर्खरै उनले दोस्रो राष्ट्रिय महिला बिच भलिबलको उपाधि पनि जितिन्। भलिबलमा निरन्तर छाइरहेकी यी नै रमिला पल्सर वर्षको चर्चित खेलाडीमा मनोनयनमा परेकी छिन्।
उत्साहित रमिला पनि भोटिङ अभियानमा व्यस्त बनिरहेकी छिन्। उनका साथीहरूले पनि उनका लागि विशेष अभियान नै शुरुआत गर्न थालिसकेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित स्पोटर््स अवार्डअन्तर्गत लोकप्रिय खेलाडीको घोषणा एसएमएस भोटिङका आधारमा गरिनेछ। सर्वाधिक मत ल्याउने खेलाडी वर्षको लोकप्रिय खेलाडी बन्नेछ।
लोकप्रिय खेलाडीको विधामा परेपछिको रमिलाको समय झन् प्रतियोगिताको व्यस्त तालिकामा परेको छ। भोटिङ अभियान गर्नकै लागि आफूले समय नपाइरहेका बेला प्रतियोगिताको दौरान आफूले दर्शकमाझ एसएमएस गर्न अनुरोध गर्ने र्गिर्छन्। उनले नेपाल समाचारपत्रलाई भनिन्– ‘खेलेरै चर्चित भएकी हुँ, त्यसैले कोर्टमै त माग्ने हो नि भोट, होइन त।’
वयस्क शक्ति गौचन जस्ता खेलाडीसँग सानो उमेरमा चर्चाको सूचीमा जोडिनुलाई रमिला सफलता मान्छिन्। भन्छिन्– ‘मनोनयनमा पर्नु मेरा लागि ठूलो विषय हो। मलाई ठूलो उपलब्धि हात पारेको जस्तो लागेको छ।’
यस पटक कसले जित्ला भन्ने प्रश्नमा रमिलले थपिन्– ‘मनोनयनमा परेका सबै क्षेत्रमा उत्कृष्ट छन्, भरत खवास नेपालमा सबैभन्दा बढी लोकप्रिय जस्तो लाग्छ, मेरो विचारमा भरत दाइले नै यस पटक लोकप्रिय विधाको अवार्ड जित्नुहुन्छ होला कि।’
रमिला जुनियर स्तरदेखि नै भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्। नेपालको भलिबलमा उदयमान खेलाडीको रुपमा देखिएकी रमिला र कमला पुनको जोडीले दुई साताअघि भएको दोस्रो राष्ट्रिय महिला बिच भलिबलको उपाधि जितेका थिए। ढोरपाटन डबल महिला लिग भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी भएर स्कुटर पुरस्कार पाइसकेकी रमिलाको नेतृत्वमा न्यु डायमन्डले विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड, क्षेत्रीय प्रतियोगितालगायतका थुप्रै प्रतियोगितामा च्याम्पियन बनिसकेको छ।
रमिलालाई जिताउन उनी अध्ययनरत न्यु डायमन्ड एकेडेमी पनि लागिपरेको छ। आफ्नो विद्यार्थी नेपालको प्रतिष्ठित स्पोटर््स अवार्डको मनोनयनमा परेपछि न्यु डायमन्डका प्रिन्सिपल कुमार राई पनि निकै खुसी छन्। रमिलालाई जिताउन भोटिङ अभियानमा सक्रिय कुमारले भन्नुभयो– ‘रमिला मनोनयनमा पर्नु हाम्रो विद्यालयका लागि गौरवको विषय हो, रमिला भलिबलको उदयमान खेलाडी पनि हो, उसलाई जिताउन हामी सक्दो प्रयास गरिरहेका छौं।’
रमिलासँगै लोकप्रिय विधामा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, टेनिस अश्लेसा लिसानोविच र एथ्लेटिक्सकी सबिता चौधरी परेका छन्।
गुलाब फुल साईरी
गुलाब को फूल सम्झन्थे, जिन्दगी सघर्षको मैदान रहेछ ! खुसियालीको बहार सम्झन्थे ,जिन्दगी आसु को भेल रहेछ !! मायाको फूलबारी सम्झन्थे ,जिन्दगी एक्लो बनाई टाढा हुत्याइदिदो रहेछ !!! ईश्वरको बरदान सम्झन्थे ,कहाली लाग्दो रात बन्न पुग्दो रहेछ !!!! फूल फुल्न खोजेको थियो जिन्दगी कोपिला मै ओइली गए छ के भन्नु के भयो जिन्दगी दुई दिनको घाम छायाँ मात्रै भो जिन्दगी
भगवान
ढुंगालाई देवता भनि किन पूजा गर्छ मान्छे
मनभरि पापबोकी धर्म गर्न अघि सर्छ मान्छे !!
आपसी लडाई र झगडामा किन मर्छ मान्छे
दया माया बोक्ने हृर्दय लाई धुजा पार्छ मान्छे !!
रिस र आवेगको घोडा चढी अन्धो बन्छ मान्छे
आफ्नो स्वार्थ पुरागर्न राक्षश पनि बन्छ मान्छे !!
काललाई भुलेर सधै अघि बढी रहन्छ मान्छे!!!
नेपालको नं १ कम्पनी सगरमाथामा
काठमाडा,ैं (नेस)। जगदम्बा स्टिल्स् कम्पनीको सहकार्यमा एक उत्साहित प्रतिनिधि दाडेन्दी शेर्पा गत जेठ ११ गते सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्न सफल हुनुभएको छ। उहाँले उक्त दिन बिहान ठीक ६ बजेर ११ मिनेटमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो आरोहण गरी नेपालको नम्बर एक स्टिल कम्पनीको झन्डासमेत फहराउन सफल हुनुभएको हो।
उहाँले आफूभित्र रहेको उत्साह वास्तविकतामा परिणत भएकोमा गौरवान्वित ह”ुदै यस कार्यमा जगदम्बा स्टिल्स् कम्पनीको तर्फबाट मिलेको सहयोगप्रति कृतज्ञता प्रकट गर्नुभएको छ। जगदम्बा स्टिल्स् कम्पनीका अध्यक्ष शंकर गोलियान र प्रबन्ध निर्देशक साहिल अग्रवालले सर्वोच्च शिखर आरोही दाडेन्दी शेर्पालाई उहाँको उत्साहजनक सफलताप्रति बधाई ज्ञापन गर्नुभएको छ।
यसैक्रममा उच्चस्तरको बलियो एवम् गुणस्तरीय उत्पादनका कारण नेपाली निर्माण जगत्मा आफ्नो विशिष्ट पहिचान बनाउन सफल नेपालको नम्बर एक स्टिल्स् कम्पनीले यस किसिमको साहसिक कार्यका लागि कम्पनीले सहयोग गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्नुभएको छ। यस्तो कार्यले उनीजस्ता अन्य आरोहीहरूलाई प्रेरित गरी नेपालको पर्यटन क्षेत्रलाई समेत प्रवद्र्धन गर्नेछ र निकट भविष्यमा दाडेन्दी शेर्पाले एउटै मौसममा ४ पल्टसम्म सगरमाथा चढेर नयाँ किर्तिमान राख्ने योजनालाई कम्पनीले सहयोग गर्दै जाने बताइएको छ। नेपाललाई शान्ति क्षेत्र बनाउने सन्देश प्रदान गर्न अहिलेका पुस्ता र अब आउने पुस्ताहरूलाई समेत जगदम्बा स्टिल्स् कम्पनीको यस्तोे प्रयासले हरेक ठाउँमा रहेका नेपालीहरूको आशालाई प्रेरित गर्ने काम गरेको कम्पनीले दावी गरेको छ।
नेपालका स्टिल्स् कम्पनीहरूमा शंकर ग्रुप स्टिल्स् कम्पनीले ४५ प्रतिशतभन्दा बढी स्वदेशी स्टिल्स् कम्पनीहरूको मागलाई पुरा गर्दै वार्षिक २ हजार करोडभन्दा माथि कारोबार गर्दै आफ्नो छुट्टै पहिचान बनाएको जनाएको छ।
Followers
Okhaldhunga udepur
vijaya dashmi
Welcome Note
किसान
vegetable
Dada pasal
flag
swiming on the road
आटर
एर्यपोट
ल्यापटोप
लेप्टप
बन्दुक
happy rose day 7.2.2013
Happy valentines day

No comments:
Post a Comment